एसियन क्यानोइङमा नेपाललाई स्वर्ण र कांस्य

डिसेम्बर २३ सम्म सम्पन्न भएको च्याम्पियनसिपमा कृष्णले स्वर्ण र रञ्जनले कांस्य पदक जितेका थिए ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Nepal wins gold and bronze in Asian Canoeing

What you should know

काठमाडौँ — नेपालका क्यानोइङ खेलाडीद्वय कृष्ण खड्का र रञ्जन कँडेलले चीनमा भएको नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा पदक जितेका छन् ।

डिसेम्बर २३ सम्म सम्पन्न भएको च्याम्पियनसिपमा कृष्णले स्वर्ण र रञ्जनले कांस्य पदक जितेका थिए । उच्च प्रदर्शन गरेका उनीहरूले एमके १ सर्ट डिस्टेन्ट रेसमा पदक जितेका हुन् । एसियन क्यानोइङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।

नेपाली खेलाडीले दुई पदक जित्दा रजत भने चिनियाँ ली पिनसङले जितेका थिए । तीन दिने च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले मात्र भाग लिएका थिए । नेपाली क्यानोइङ तथा कायक टोली अफिसियलमा सूर्यप्रसाद जोशी र महेश खड्का रहेका थिए ।   

कान्तिपुर संवाददाता

Link copied successfully