तीन दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयको सहभागिता थियो ।
दार्चुला — अपिहिमालमा सञ्चालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महादेव माध्यमिक विद्यालय प्रथम भएको छ । सम्तेलिचौड खेल मैदानमा मंगलबार सम्पन्न पालिकास्तरीय प्रतियोगितामा महादेव प्रथम भएको हो ।
अपिहिमाल गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका अनुसार प्रतियोगितामा महादेव मावि १३ स्वर्ण, ९ रजत र ३ कास्य गरी २५ पदकसहित प्रथम भएको हो । प्रतियोगितामा ११ स्वर्ण, १० रजत र ६ कास्य गरी २७ पदकसहित भवानी मावि सौगन्ना द्वितीय र ५ स्वर्ण, ८ रजत र १४ कास्य गरी २७ पदकसहित खण्डेश्वरी माविले तृतीय भएको शिक्षा अधिकृत मदनराज जोशीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा छिपुलकेदार माविले २ स्वर्ण, ३ रजत र ७ कास्य गरी १२ पदकसहित सान्त्वना स्थान प्राप्त गरेको छ । तीन दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयको सहभागिता थियो ।
