ग्लोबल बिजनेशको बिआइटीमाथि फराकिलो जित

विशाल योगफल पछ्याएको बीआइटी १९ ओभर ३ बलमा ८३ रन मात्र बनाई अल आउट हुन पुग्यो ।

पुस ८, २०८२

शंकर आचार्य

Global Business's sweeping victory over BIT

पर्सा — नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा ग्लोबल बिजनेस कलेजले वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी ‘बीआइटी'लाई फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ग्लोबलले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ८३ रनको विशाल योगफल खडा गर्यो । उसका ओपनर रवीन्द्रसिंह कुँवरले अविजित रहँदै ८३ रनको उल्लेखनीय योगदान गरे । शुभम् बरालले ३३ र रबिन मण्डलले ४४ रन जोडे । बीआइटीका निखिल पटेल र कप्तान प्रिन्स दासले १/१ विकेट लिए ।

विशाल योगफल पछ्याएको बीआइटी १९ ओभर ३ बलमा ८३ रन मात्र बनाई अल आउट हुन पुग्यो  । कप्तान प्रिन्स दासले १९, निखिल पटेलले १७ र मरुफ अन्सारीले २२ रनको योगदान गरे ।

ग्लोबलका अनुज ठाकुरले सर्वाधिक पाँच विकेट हात पारे । रोबिन मण्डलले दुई, राहुल सहनी, अभिनाश कुमार शर्मा र कप्तान कर्णबहादुर विश्वकर्माले १/१ विकेट लिए ।

शंकर आचार्य

Link copied successfully