म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाले हरायो

सबैखाले प्रतियोगितामा गरेर भिल्लाको यो लगातार दसौं जित हो ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Manchester United defeated by Aston Villa

काठमाडौँ — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै शीर्ष तीनमा आफ्नो पकड अझ बलियो बनाएको छ । यसक्रममा भिल्ला लिग उपाधिको प्रत्यासी पनि बनेको छ ।

सबैखाले प्रतियोगितामा गरेर भिल्लाको यो लगातार दसौं जित हो । भिल्ला पार्कमा भएको खेलमा विजयी टिमका लागि दुवै गोल मोर्गन रोजर्सले गरे । युनाइटेडका लागि म्याथेस कुन्हाले एक गोल फर्काए ।

यो जितपछि भिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको मात्र दूरी हो । आर्सनलको ३९ अंक छ । उसको पछाडि म्यानचेस्टर सिटीको ३७ अंक छ । 

कान्तिपुर

Link copied successfully