रुकुम पूर्वमा लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ [तस्बिरहरू]

यस वर्षको एनपीएलको ट्रफी उचालेको लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ नाम दिएर लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा खुसी साट्न पुग्ने क्रममा सोमबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा उत्सव मनाइएको हो ।

पुस ७, २०८२

महेश केसी

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

What you should know

रुकुम पूर्व — देशको कान्छो जिल्ला, लुम्बिनी प्रदेशको एक मात्र हिमाली भेग रुकुम पूर्वमा यतिबेला नेपाल प्रिमियर लिग–एनपीएलको विजय उत्सव मनाइयो । साथमा थियो यस सिजनको विजेता टिमले उचालेको सुनौलो–ट्रफी । 

नेपाली खेलकुद इतिहासमा एक अभूतपूर्व खेल प्रतियोगिता हो, एनपीएल । पहिलो संस्करणको उप–उपपिजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै यस वर्षको उपाधि उचालेको लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ नाम दिएर लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा खुसी साट्न पुग्ने क्रममा सोमबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा उत्सव मनाएको हो । यही उत्सवको उमंगमा रंगिए रुकुम पूर्वका खेलप्रेमीहरू । 

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

एनपीएलमा पहिलोपल्ट विजेता बनेको लुम्बिनी लायन्सले बाँकेबाट सुरु गरेको यो टुर बर्दिया अनि दाङ हुँदै तेस्रो दिन रुकुम पूर्व आइपुगेको हो । यसपछि बाँकी सबै जिल्लामा पुगेर उत्सव मनाएपछि यही पुस १६ गते अर्थात् सन् २०२५ को अन्तिम दिन बुटवलमा ‘ग्रान्ड सेलिब्रेसन’ गर्ने र न्यु ‘इयर इभ’ समेत मनाउने कार्यक्रम तय गरिएको छ । एनपीएलको ट्रफीसहित सोमबार रुकुम पूर्वको रुकुमकोट स्थित छिप्रिदह बजार र कमल तालको समिपमा खेलप्रेमीहरूको उत्साहजनक जमघट भयो । 

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

यस भेगबाट प्रतिनिधित्व गर्ने टिमले जित हात पारेपछि यसैपनि चंगा भएका खेलप्रेमी र लुम्बिनी लायन्सका समर्थकले आफ्नै घर–आँगनमा त्यही टिमका प्रतिनिधिहरूसँगै विजय उत्सवमा सरिक हुन पाउँदा क्रिकेटलाई माया गर्ने र यो खेल खेल्न चाहनेहरूमा ठूलो हौसला मिलेको बताएका छन् । 

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

एनपीएलको पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि नेपालको खेल क्षेत्रमा ‘गरेपछि हुन्छ’ भन्ने भाव सहित हामी खेलकुद विकासको उज्यालो सम्भावनातर्फ अघि बढेका छौं । क्रिकेट मात्रै होइन कुनैपनि खेलकुद प्रतियोगिताले हाम्रो आपसी सम्बन्ध र सहिष्णुता एवम् राष्ट्रिय एकतालाई मजबुत बनाउन ठूलो टेवा पुग्नेछ ।

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

Lumbini Lions' 'Champions Trophy Celebration Tour' in Rukum East [Photos]

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully