१२ टिमको प्रतिस्पर्धाबाट शीर्ष ४ टिम राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछ, जहाँ गत वर्ष शीर्ष चार स्थानमा रहेका ४ टोलीसहितको ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ — ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ । नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रतियोगिता पुस १२ सम्म चल्नेछ । बौद्धको डंकमान्डुमा हुने उक्त प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग छनोटको आधारमा हुनेछ ।
१२ टिमको प्रतिस्पर्धाबाट शीर्ष ४ टिम राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछ, जहाँ गत वर्ष शीर्ष चार स्थानमा रहेका ४ टोलीसहितको ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ली–निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्बु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् ।
ली–निङ बास्केटबलको समूह ‘ए’ मा आईएसए, तरहर र नेपाल आर्मी, समूह ‘बी’ मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’ मा प्ले बक्स, बौद्ध पीपलबोट क्लब र शंकरदेव कलेज रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने नतिजाबाट प्रत्येक समूहबाट दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन् भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
