लिग तालिकामा बार्सिलोनाको ४६, रियल म्याड्रिडको ४२, एटलेटिकोको ३७ र भिल्लारियलको ३५ अंक छ ।
काठमाडौँ — विंगरद्वय राफिन्हा र लामिन यामलको गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार दस खेलाडीमा सीमित भिल्लारियललाई २–० ले पराजित गरेको छ । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा फेरि चार अंकको अग्रता खोलेको छ ।
ब्राजिली खेलाडी राफिन्हाले पेनाल्टीबाट गोलको खाता खोले । त्यसपछि भिल्लारियलले रातो कार्डमा रेनाटो भिएगालाई गुमाएको थियो ।
दोस्रो हाफको मध्यतिर १८ वर्षीय यामलले दोस्रो गोल थपे । यो नतिजापछि भिल्ला रियल भने चौथो स्थानमा झरेको छ । एटलेटिको ले त्यस अगाडिको खेलमा जिरोनालाई ३-० ले हराएको थियो ।
लिग तालिकामा बार्सिलोनाको ४६, रियल म्याड्रिडको ४२, एटलेटिकोको ३७ र भिल्लारियलको ३५ अंक छ ।
