राष्ट्रिय बास्केटबल लिगका लागि छनोट स्पर्धा हुने

बौद्धको डंकमान्डूमा हुने प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोटका रुपमा रहनेछ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

National Basketball League Qualifying Tournament to be held

काठमाडौँ — नेपाल बास्केटबल संघको आयोजनामा पुस ७ देखि १२ सम्म ली-निङ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

बौद्धको डंकमान्डूमा हुने प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोटका रुपमा रहनेछ ।

प्रतियोगितामा सहभागी १२ टिमको प्रतिस्पर्धाबाट ४ टिम राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछ । जहाँ पहिले नै छनोट भइसकेको ४ टोलीसहित ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ली-निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेनगेट कलेज, टाइम्स कलेज र हाउन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् ।

आइतबार पत्रकार सम्मेलनमा सहभागी १२ टोलीबीचको टाइसिट 'ड्र' गरिएको थियो । चार समूहमा विभाजित टोलीमा समूह 'ए'मा आईएसए, तरहर र नेपाल आर्मी, समूह 'बी'मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह 'सी' मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह 'डी'मा प्ले बक्स, बौद्ध पीपलबोट क्लब र शंकरदेव कलेज रहेका छन् ।

लिगकम नकआउटको आधारमा हुने नतिजाबाट प्रत्येक समूहबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully