घरेलु कोर्टमा ब्वाइजको फाइनलमा मातृभूमिले आफ्नै ‘बी’ टिमलाई ५६-२४ ले पराजित गर्यो । मातृभूमि ‘ए’ का आभास राउतले १८ स्कोर जोडे ।
काठमाडौँ — आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार छन् । मातृभूमि ‘ए’ ब्वाइज तथा बौद्ध चिल्ड्रेन गर्ल्समा च्याम्पियन भए ।
घरेलु कोर्टमा ब्वाइजको फाइनलमा मातृभूमिले आफ्नै ‘बी’ टिमलाई ५६-२४ ले पराजित गर्यो । मातृभूमि ‘ए’ का आभास राउतले १८ स्कोर जोडे ।
गर्ल्सको उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वर्ल्ड स्कुललाई ३४-२८ ले हरायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ स्कोर गरिन् ।
सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन आ-आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा गर्ल्समा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
ब्वाइजमा मातृभूमि ‘बी’का प्रयास ढकाल तथा गर्ल्समा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा प्यारागन पब्लिक र गल्र्समा केएमसी अनुशासित टिम ठहरिए ।
विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान ८ टिमले प्रतिस्पर्धा गरेको मातृभूमिका कोर्डिनेटर जयराम अधिकारीले जनाएका छन् ।
