अन्तरस्कुल स्केटमा ज्ञान संस्कार च्याम्पियन

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा शनिबार श्री शिवा नर्सिङ शिक्षालय दोस्रो र अलकापुरी स्कुल तेस्रो भए ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Gyan Sanskar champions in inter-school skating

काठमाडौँ — आयोजक ज्ञान संस्कार स्कुलले तेस्रो अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा शनिबार श्री शिवा नर्सिङ शिक्षालय दोस्रो र अलकापुरी स्कुल तेस्रो भए ।

ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले विद्यालयस्तरमा स्केटिङ खेलको प्रवर्द्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धी भावना विकास हुने धारणा व्यक्त गरे ।

आयोजक ज्ञान संस्कारकै हातामा भएको एकदिने प्रतियोगितामा उपत्यकाका ३० भन्दा बढी विद्यालयबाट २ सय बढी खेलाडी सहभागी थिए ।

कान्तिपुर

Link copied successfully