पहिलो र दोस्रो खेलमा समान २५ -२२ ले पराजित गर्दा तेस्रो सेट २५-२१ ले हरायो । भोजपुर भलिबल क्लब अघिल्लो वर्षको पनि विजेता हो ।
ताप्लेजुङ — पुसे मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । शनिबार भएको फाइनल खेलमा भोजपुरले संखुवासभालाई सोझो सेटमा पराजित गरेको हो ।
पहिलो र दोस्रो खेलमा समान २५ -२२ ले पराजित गर्दा तेस्रो सेट २५-२१ ले हरायो । भोजपुर भलिबल क्लब अघिल्लो वर्षको पनि विजेता हो ।
भोजपुरले तीन लाख नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ । संखुवासभाले एक लाख ७५ हजारमा चित्त बुझाउनु पर्यो । भोजपुरका विष्णु बस्नेत प्लेयर अफ द म्याच बने र १० हजार पाए ।
पुस १ देखि सुरु भएको प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । विजेतालाई कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेन सिं हाङ्गामलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।