पुसे मेला भलिबलको उपाधिका लागि शनिबार सभापोखरी र भोजपुर भिड्दै

फाइनल खेल शनिबार मध्याह्न १२ बजेदेखि हुनेछ ।

पुस ४, २०८२

आनन्द गौतम

Sabhapokhari and Bhojpur to clash for Puse Mela volleyball title on Saturday

ताप्लेजुङ — पुसे मेलाको अवसरमा दोभान बजारमा आयोजित पुरूष भलिबल प्रतियोगिताको उपाधि भिडन्त सभापोखरी भलिबल संघ संखुवासभा र भोजपुर भलिबल क्लबबीच हुने भएको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा भोजपुरले एमएमसी ताप्लेजुङलाई २७ २५, २५ २१, २५ १९को सोझो सेटमा पराजित गर्‍यो । यो प्रतियोगिताको म्यान अफ द म्याच भोजपुरका अमिर थापा भए । दोस्रो सेमिफाइनलमा सभापोखरी भलिबल संखुवासभाले दमक भलिबल तालिम केन्द्रलाई २५ १९, २२ २५, २३ २५, २५ १६ र १५ १२ ले पराजित गर्‍यो । बेस्ट अफ फाइभको खेल भएको थियो । म्यान अफ द म्याच संखुवासभाको सहवास अलि भए । म्यान अफ द म्याच भएका दुवै खेलाडीले ५ हजारका दरले पाए ।

फाइनल खेल शनिबार मध्याह्न १२ बजेदेखि हुने आयोजकले बताएका छन् । विजेताले ३ लाख र उपविजेताले १ लाख ७५ हजार नगद पुरस्कार सहित मेडल ट्रफी प्राप्त गर्नेछन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully