बिहीबारको खेलबाट विभागीय टिम पुलिस क्लब रानी विराटनगर बाहिरिएको छ।
ताप्लेजुङ — भोजपुर, संखुवासभा, झापा र ताप्लेजुङ पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबारको खेलबाट विभागीय टिम पुलिस क्लब रानी विराटनगर बाहिरिएको छ।
भलिबलका राष्ट्रिय रेफ्री कृष्ण चोङबाङका अनुसार शुक्रवार फाइनल प्रवेशको खेल भोजपुर र ताप्लेजुङ तथा संखुवासभाको सभा पोखरी र झापाको दमकबीच हुनेछ ।
बिहीबार भएको खेलमा संखुवासभाले विराटनगर पुलिस क्लब रानीलाई २५-२१, २५-१८ र २५-१७ को सोझो सेटमा पराजित गरेको थियो । यो खेलसँगै रानी बाहिरिएपछि भोजपुर र संखुवासभा दुवै सेमिफाइनलमा पुगेका हुन् ।
फाइनल पुस ५ गते हुनेछ । विजेताले ३ लाख र उप विजेताले १ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सटर, प्रशिक्षक र उदीयमान खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
