यू–१६ ब्वाइजमा जयस्नु च्याम्पियन

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर–६ का जयस्नु महर्जनले स्वर्ण जितेका छन् ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Jayasnu is the champion in the U-16 boys' competition.

काठमाडौँ — शिवसताक्षी–८ झापाकी इभाना थापा र संखुवासभा–४ की वियंका राई पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला खुला सिंगल्सको फाइनलमा पुगेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनलमा इभानाले काठमाडौं महानगरपालिका–२६ की अनिता महर्जनलाई ११–९, ११–७, ११–४ को सोझो सेटमा हराइन् । वियंकाले धरान–९ की दीक्षा दाहालविरुद्ध ११–७, ११–६, ९–११, ११–८ को सेटमा जित पाइन् ।

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर–६ का जयस्नु महर्जनले स्वर्ण जितेका छन् । उनले फाइनलमा रामेछाप मन्थली–४ का प्रजिल भट्टराईलाई १०–१२, ११–८, ११–९, ८–११, ११–४ को सेटमा हराएका थिए । ललितपुर महानगरपालिका–१६ का रिजन शाक्य र ललितपुर–९ का निर्वाण वज्राचार्य तेस्रो भए ।

यसअघि सो स्पर्धाको गर्ल्समा ललितपुर–८ की सुरम्य शाक्यले स्वर्ण जितेकी थिइन् । महिला टिम इभेन्टमा शिवसताक्षी–८ टिम पहिलो भयो । इभाना थापा र सिक्का सुवालको टोलीले फाइनलमा भक्तपुर–५ का नर्मदा खाइतु र दिया देउलाको टोलीलाई ३–१ सेटले हराएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully