कभर्डहलमा आईओएफटीसी तेक्वान्दो सुरु

राखेप कभर्डहलमा बिहीबार नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ६ स्वर्ण जित्यो । १५–१७ वर्ष तौल समूहअन्तर्गत पुरुषमा अनिल तामाङ र महिलामा सलिना कार्की विजेता भए

पुस ३, २०८२

कान्तिपुर संवाददाता

IOFTC Taekwondo begins at Covered Hall

काठमाडौँ — १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) बिहीबार सुरु भएको छ । पहिलो दिन बोर्ड ब्रेकिङमा २२ स्वर्ण पदकको छिनोफानो भएको छ ।

राखेप कभर्डहलमा बिहीबार नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ६ स्वर्ण जित्यो । १५–१७ वर्ष तौल समूहअन्तर्गत पुरुषमा अनिल तामाङ र महिलामा सलिना कार्की विजेता भए । दुवै नेप्लिज तेक्वान्दोका हुन् । अन्य खेलाडीमा नारायणलाल कर्णले ५० वर्षमाथि कलर, रितेन श्रेष्ठले १२–१४ वर्ष कलर, मिङ्मा तामाङले १२–१४ वर्ष पहेँलो बेल्ट र सुप्रिम पुडासैनीले १२–१४ वर्ष ब्ल्याक बेल्टमा स्वर्ण पदक जिते ।

८ वर्षमुनि रातो बेल्टमा अमेरिकाकी निभा महर्जन (तस्बिर) च्याम्पियन बनिन् । १८–३२ वर्ष महिलातर्फ अमेरिकाकी इडि क्वान र पुरुषमा चन्द्रागिरिका तेक्वान्दो डोजाङका उद्धव पौडेलले स्वर्ण जिते । सोही डोजाङका युवराज कार्कीले ९–११ वर्ष उमेर समूहमा स्वर्ण जिते । ३२–४९ वर्ष उमेर समूहमा एनआरएनए मलेसियाका गणेशबहादुर खड्का र ५० वर्षमाथि ब्ल्याक बेल्टमा सहदेव श्रेष्ठ विजेता बने ।

कान्तिपुर

Link copied successfully