मातृभूमि ‘ए’ ले काठमाडौं वर्ल्ड स्कुललाई ५७–२९ स्कोरले पराजित गर्यो ।
काठमाडौँ — आयोजक मातृभूमि स्कुल ‘ए’ दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा पुगेको छ ।
मातृभूमि ‘ए’ ले काठमाडौं वर्ल्ड स्कुललाई ५७–२९ स्कोरले पराजित गर्यो । मातृभूमि ‘ए’ का आरभ जोशीले १६ स्कोर जोडे । अर्को लिग खेलमा इनोभेटिभले बौद्धस्कुललाई ५१–३९ ले हरायो । इनोभेटिभका पृथ्वी डगौराले २७ स्कोर गरे ।
गर्ल्समा केएमसी र काष्ठमण्डपले सेमिफाइनल सुरक्षित गरे । केएमसीले बौद्धलाई ३२–२२ ले हराउँदा केएमसीकी अकृषा घिमिरेले २४ स्कोर जोडिन् । काष्ठमण्डपले इनोभेटिभलाई ३६–१५ ले पन्छायो । काष्ठमण्डपकी कस्वीले १३ स्कोर गरिन् ।
गर्ल्सको सेमिफाइनलमा काष्ठमण्डपको भेट बौद्ध चिल्ड्रन हेभेन र मातृभूमिले चेल्सी वर्ल्ड स्कुलको सामना गर्नेछ ।
