जेन-जी फुटसल प्रतियोगिता हुने

आयोजक मित्रनगर राइजिङ क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । मनाङ मर्स्याङ्दी फुटसल कोर्टमा हुने प्रतियोगिता पुस ४ र ५ गते हुनेछ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Gen-G futsal competition to be held

काठमाडौँ — जेनजी आन्दोलनका सहिदप्रति समर्पित गरिँदै जेनजी एमआरसी फुटसल प्रतियोगिता हुने भएको छ ।

आयोजक मित्रनगर राइजिङ क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । मनाङ मर्स्याङ्दी फुटसल कोर्टमा हुने प्रतियोगिता पुस ४ र ५ गते हुनेछ । विजेता टोलीले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतियोगिताबाट खर्च कटाएर बाँकी रहेको रकम सामाजिक कार्य र सहिद परिवारको सहयोगमा खर्च गरिने संयोजक सोनाम तामाङले बताए । प्रतियोगिताको अनुमानित लागत ७ देखि ९ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताका विदेशमा रहेका शुभचिन्तकहरूले योगदान गरेको उनले बताए । बेलायतबाट राम गुरुङ, हङकङबाट स्यामस्योन गुरुङ र प्रदीप गुरुङलगायतले आर्थिक तथा नैतिक समर्थन गरेको आयोजकले जनाएको छ ।

झन्डै ३० भन्दा बढी टिमले भाग लिने प्रतियोगिता नकआउटका आधारमा खेलाइने आयोजक क्लबले जनाएको छ । फुटबलका प्रतिस्पर्धाहरू हुन छाडेको स्थितिमा यस्ता फुटसल प्रतियोगिताले फुटबलको साखलाई माथि उठाउन सहयोग गर्ने उनको विश्वास थियो ।

कान्तिपुर

Link copied successfully