कला र कलम सधैं सँगसँगै हुने भएकाले आपसी सद्भाव बढाउनका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका खेल संयोजक बाबुराम पाण्डेले बताए ।
गुल्मी — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । नेपाल पत्रकार महासंघ गुल्मीलाई प्रतिष्ठानले निमन्त्रणा दिई दुई टोलीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कला र कलम सधैं सँगसँगै हुने भएकाले आपसी सद्भाव बढाउनका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका खेल संयोजक बाबुराम पाण्डेले बताए । उनले मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको बताए । साथै क्रिकेटसहित अन्य खेल हुने पनि उनले बताए ।
केही समयअघिमात्र सम्पन्न इस्मा गाउँपालिका-१ बीपी पार्कस्थित अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानमा आउँदो शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको हो । बिहान पौने ८ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा सांस्कृतिकसहित अन्य कार्यक्रम पनि हुनेछन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीका अध्यक्ष मोहन बस्नेतले कला र कलमलाई थप मैत्रीपूर्ण बनाउन मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको बताए । पत्रकार र कलाकारको आपसी सम्बन्ध थप मजबुत बनाउनुका साथै मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि क्रिकेट प्रतियोगिताले एकजुट बनाउने अपेक्षा रहेको अध्यक्ष बस्नेतले सुनाए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्रीले मैत्रीपूर्ण खेलका लागि आफूहरू तयार रहेको र यस्ता प्रतियोगिताले दुवै टोलीलाई फाइदा पुग्ने बताए ।
