मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा चेल्सीले डाफोडिललाई ३५–७ स्कोरले हरायो । चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले १६ स्कोर जोडिन् ।
काठमाडौँ — चेल्सी वर्ल्ड स्कुल दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ बुधबार सेमिफाइनल पुगेको छ । ५ टिम रहेको समूह ‘बी’ बाट एक खेलअगावै चेल्सी अन्तिम चारमा पुग्यो ।
मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा चेल्सीले डाफोडिललाई ३५–७ स्कोरले हरायो । चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले १६ स्कोर जोडिन् ।
गर्ल्समै बौद्ध चिल्ड्रेन हेभेन स्कुलले केएमसीलाई ३८–११ र बौद्ध स्कुलले डाफोडिललाई १८–१३ ले हराए । बौद्ध चिल्ड्रेनकी लकेशाले २३ र बौद्धकी सौम्य तामाङले ७ स्कोर गरे ।
ब्वाइजमा बौद्ध स्कुलले जेम्समाथि ४८–३० को जित दर्ता गर्यो । विजेताका जम्पलले १६ स्कोर जोडे ।