यू–१६ गर्ल्समा सुरम्यलाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११, ११–५ को सेटमा पराजित गरिन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Suramya wins gold in U-16 girls' competition

काठमाडौँ — ललितपुर महानगरपालिका–८ की सुरम्य शाक्यले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यू–१६ सिंगल्स गर्ल्समा स्वर्ण पदक जितेकी छन् । सुरम्य प्रतियोगितामा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११, ११–५ को सेटमा पराजित गरिन् । भक्तपुर–२ की उरवि सुवाल र ललितपुर–१७ की अर्सना महर्जन संयुक्त तेस्रो भए ।

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित ११ विधामा प्रतिस्पर्धा भइरहेको छ । अनरको मुख्य प्रायोजन तथा एनआईईसी एजुकेसन कन्सल्टेन्सी र एभरेस्ट फेसनको सह–प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

यसैबीच यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनीले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गरेको छ । नेपालमा यिन्हेको आधिकारिक बिक्रेता डाँफे स्पोर्ट्सका सीईओ नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता दुई वर्ष कायम रहने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् । यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकास बढाउन खेल सामग्री र पोसाक उपलब्ध गराउने छ ।

कान्तिपुर

Link copied successfully