दसौं गोर्खाली रनिङ कप फागुन ३ देखि

दसौं गोर्खाली रनिङ कप विजेता टोलीलाई चार लाख र उपविजेतालाई दुई लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

पुस १, २०८२

हरिराम उप्रेती

10th Gorkhali Running Cup from Falgun 3

गोरखा — जिल्लाकै सर्वाधिक पुरस्कार राशिको ‘दसौं गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता फागुन ३ देखि ९ गतेसम्म हुने भएको छ । 

आयोजक हरमटारी क्लबले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । 

प्रतियोगिताको विजेता टोलीलाई चार लाख र उपविजेतालाई दुई लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै विधिागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा सर्वोत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक हरमटारी क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए । अनुशासित टिमलाई ३५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता नकआउट विधिबाट संचालन हुने पनि उनले बताए । 

जिल्लाभित्रका युवाहरुलाई खेलकुदप्रति आकर्षित गराई व्यावसायिक खेलाडी तयार गर्न सहयोग पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको पनि आयोजकले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully