टीआईए, मल्पी र दीक्षालय सेमिफाइनलमा

आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगितामा टीआईएले काष्ठमण्डप ‘बी’ लाई २८–१२ स्कोरले पराजित गर्‍यो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

TIA, Malpi and Dikshalay advance to semifinals

काठमाडौँ — टीआईए र मल्पी सिटी सोमबार तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको ब्वाइजमा मंगलबार सेमिफाइनल पुगेका छन् ।

आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगितामा टीआईएले काष्ठमण्डप ‘बी’ लाई २८–१२ स्कोरले पराजित गर्‍यो । मल्पीले रिलायन्स को–एडलाई ५७–२८ ले हरायो । ब्वाइजमै बूढानीलकण्ठले काष्ठमण्डप ‘ए’ लाई २०–१५ र मातृभूमिले कान्तिपुरलाई ४०–१० ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

गर्ल्समा दीक्षालयले काठमाडौं मेरिडियनलाई २०–७, मातृभूमिले एक्सेल्सियरलाई १३–१० र इम्पेरियल वर्ल्डले काष्ठमण्डप ‘बी’ लाई १३–८ ले हराएर सेमिफाइनलमा स्थान बनाए । काष्ठमण्डप ‘ए’ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

फुटसलतर्फ गर्ल्समा रातो बंगलाले वेदव्यासलाई ३–१ (टाइब्रेकर) तथा एभीएमले ग्यालेक्सी पब्लिकलाई १–० गोलले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

सिनियर ब्वाइजमा वेदव्यासले काष्ठमण्डप ‘ए’ लाई १–० ले हराएर फाइनलमा स्थान बनायो । उपाधिका लागि वेदव्यासले एक्सेल्सियर र मातृभूमिबीचको विजेतासँग खेल्ने छ ।

जुनियर ब्वाइजमा एक्सेल्सियरले मातृभूमिलाई ५–१, पुष्पाञ्जलीले लिटिल वन्डरलाई २–०, काठमाडौं प्रज्ञाकुञ्जले काष्ठमण्डप ‘ए’ लाई २–० र विद्यावाणीले ग्यालेक्सीलाई १–० ले हराएर सेमिफाइनल यात्रा तय गरे ।

कान्तिपुर

Link copied successfully