गोकर्णेश्वरमा राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप हुने

नेपाल साइक्लिङ संघको आयोजनामा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

National Mountain Bike Championship to be held in Gokarneshwor

What you should know

काठमाडौँ — स्राम १२ औं राष्ट्रिय एमटीबी डाउनहिल तथा २० औं क्रसकन्ट्री एमटीबी साइक्लिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ ।

नेपाल साइक्लिङ संघको आयोजनामा राजधानीमा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहिद स्मारक पार्कमा प्रतियोगिता गर्ने भएको छ ।

पुस ४ र ५ गते हुने प्रतियोगितामा कोर्षमा डाउनहिल र क्रसकन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्नेतले जानकारी गराए । पुरुष इलिट (१९ देखि ३० वर्ष) र महिला इलिट, जुनियर (१७ र १८ वर्ष उमेर समूह), मास्टर्स (३० वर्षमाथि) र युथ (१४ देखि १६ वर्ष उमेर समूह) गरी पाँच इभेन्टमा ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

डाउनहिल र क्रसकन्ट्रीमा समान ५० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुवै विधामा मास्टर्स र जुनियरमा महिला तथा पुरुषमा गरी चार विधामा प्रतिस्पर्धा हुनेछन् ।

यो कार्समा १३ औं दक्षिण एसियाली खेलकुद पनि भएको थियो । यस प्रतियोगिताका लागि कोर्स बनाउन गोकर्ण नगरपालिकाले सहयोग गरेको संघले जनाएको छ । बाइकिङ एन्ड हाइकिङ गर्ने हिसाबले पहिलेदेखि ट्र्याक तयार पारिएको संघका अध्यक्ष सुदीप पौडेलले जानकारी गराए । उनका अनुसार हरेक खेलाडीको बिमा पनि गरिएको छ ।

यस प्रतियोगिताका लागि स्रामका सञ्चालक तथा साइक्लिङका प्रमुख प्रशिक्षक प्रयास तामाङले एक लाख रूपैयाँ सहयोग गरेको संघले जनाएको छ । गोकर्ण नगरपालिकाका मेयर दीपककुमार रिसाल पुरस्कार लागि ५ लाख रुपैयाँ सहयोग गर्ने पत्रकार सम्मेलनमा घोषणा गरे ।

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक विस्तारित बोर्डका अध्यक्ष सुदर्शन सिग्देल, साइक्लिङ संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष विष्टलगायत प्रतियोगिताबारे बोलेका थिए ।

संघका महासचिव रञ्जन राजभण्डारीले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि वरीयताका आवश्यक हुने भएकाले यो प्रतियोगिताको विजेताले वरीयता पाउने जानकारी गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully