काष्ठमण्डपले आयोजक मातृभूमिलाई १५–८ ले पराजित गर्यो ।
काठमाडौँ — काष्ठमण्डप विद्यालयले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ विजयी भएको छ ।काष्ठमण्डपले आयोजक मातृभूमिलाई १५–८ ले पराजित गर्यो । विजयी टिमकी अमानी रेग्मीले ५ स्कोर गरिन् ।
गर्ल्समै बौद्ध चिल्ड्रेन हेभेनले डाफोडिललाई ३४–१४ र चेल्सी वर्ल्ड स्कुलले बौद्ध स्कुललाई २६–१० ले हराए । बौद्धका ल्होमु र लकिसाले ८–८ तथा चेल्सीकी तेन्जिङले १२ स्कोर जोडे ।
ब्वाइजमा मातृभूमि ‘बी’ ले जेम्सलाई ४४–३३ ले हरायो । विजेताका कृतिन पौडेलले १८ स्कोर जोडे ।
