दोस्रो सेमिफाइनलमा आइतबार म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई १–० ले गोलले पराजित गर्दै न्यूस्टार फुटबल क्लब झापाले बिर्तामोडसँगको भेट पक्का गरेको हो ।
ताप्लेजुङ — पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार मरिक फुटबल क्लब धरान सुनसरी र न्यूस्टार फुटबल क्लब झापा भिड्ने भएका छन् ।
सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा जारी सिरिजंगा गोल्डकपको दोस्रो सेमिफाइनलमा आइतबार म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई १–० ले गोलले पराजित गर्दै न्यूस्टार फुटबल क्लब झापाले बिर्तामोडसँगको भेट पक्का गरेको हो । धरानका लागि विदेशी खेलाडी रिचार्ड विल्सनले निर्णायक गोल गरे ।
खेलको ६६ औं मिनेटमा गरेको गोल नै टिमलाई जिताउन पर्याप्त बन्यो । मैदानको मध्यभाग नजिकबाट एक्लै बल अगाडि बढाएका उनले डीबक्स नजिकबाट जाली चुमाएका थिए ।
रिचार्ड खेलको म्यान अफ द म्याच पनि भए र नगद २ हजार ५ सय रुपैयाँ हात पारे । मरिक अघिल्लो वर्षको उपविजेता पनि हो ।
न्यूस्टार भने गत वर्षको खेलमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ३ लाख ३ सय २१ का साथ सिरिजंगासिंह थेबेको प्रतिमा रहेको तीन वर्षे रनिङ ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी पाउने छन् ।
सोमबार प्रतियोगिता समापन भएपछि सांगीतिक माहोलको आयोजना गरिएको छ । मेलिना राई, प्रताप दास, जुनु प्रसाईंलगायतका कलाकारको उपस्थितिमा सांस्कृतिक साँझ हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिता मंसिर २३ गतेदेखि सुरु भएको हो ।
