लुम्बिनी शिक्षा र रूपन्देही लीलाराम विजयी

शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनी शिक्षाले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कुललाई र रूपन्देहीको लीलाराम माविले शान्ति नमुनालाई पराजित गर्दै विजयी भएका हुन् ।

मंसिर २६, २०८२

दीपेन्द्र बडुवाल

Lumbini Shiksha and Rupandehi Leelaram win

What you should know

भैरहवा — यहाँ  सञ्चालन भइरहेको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनी शिक्षाले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले ७ विकेटको क्षतिमा १ सय ८९ रन जोड्यो । लुम्बिनी शिक्षाका लागि वासुदेव यादवले १ सय २७ रनको अविजित पारी खेले । आसिफ खानले १९ र जाभेद खानले १४ रन जोडेका थिए । 

बलिङमा कुँवरवर्तीका अन्जित केसीले २ तथा आकाश गिरी र सरगम तिवारीले समान १–१ विकेट लिए ।कुँवरवर्तीले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर ७० रनमात्र जोड्यो । उसका लागि अन्जित केसीले ३५ र उपेश सेनले १० रन बनाए । बलिङमा लुम्बिनी शिक्षाका तौफिक अहमदले ३, अफताब खानले २ तथा वासुदेव यादव र अफसर खानले १–१ विकेट लिए ।

अर्को खेलमा रूपन्देहीको लीलाराम माविले शान्ति नमुनालाई २ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको शान्तिले सबै विकेट गुमाएर १ सय रन बनायो । उसका लागि प्रसन कार्कीले १९, कोसिस पाण्डेले १५ र नितिश ठाकुरले १३ रन जोडे ।

बलिङमा लीलारामका आयन खानले ४, फैजन खानले ३ तथा कृष्णमोहन कोइरी र विक्की मल्लाहले १–१ विकेट लिए । लीलारामले १६ ओभर १ बलमा ८ विकेट गुमाएर १ सय ४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा मोहमद युसुफ र आयन खानले समान १७ रन बनाउँदा अजय केवटले १५ र लक्की यादवले ११ रन जोडे । बलिङमा शान्ति नमुनाका रुदान्स भट्टराईले ३, नितिश ठाकुर र सफल पाठकले २–२ तथा दिवस अर्यालले १ विकेट हात पारे ।

दीपेन्द्र

Link copied successfully