ईबीएले फेरिल्यान्डलाई ३०–२१ स्कोरले पराजित गर्यो ।
काठमाडौँ — इडेन ब्रिज एकेडेमी (ईबीए) र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा पुगेका छन् ।
ईबीएले फेरिल्यान्डलाई ३०–२१ स्कोरले पराजित गर्यो । ईबीएको जितमा दिग्विजय पुरीले १३ स्कोर गरे । दिवस मगरको १६ स्कोरमा न्युटनले ओडिसी एकेडेमीलाई ३१–२२ ले हरायो ।
भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै ग्रिनफिल्ड नेसनलले सेबलाई १९–१६ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।
सिनियर ब्वाइजमा जेबी स्कुलले हेराल्डलाई ३१–२६, टीआईएले किङडमलाई ४३–३५ र जिनियस वर्ल्डले डा. मेमोरियललाई ५३–३८ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । जेबीका नरेश बोहराले १५, टीआईएका रोशन नगरकोटीले २२ र जिनियसका राजीवले १८ स्कोर गरे ।
सिनियर गर्ल्समा न्युटनले जेबीलाई २९–१८, साम्तेनले सेबलाई २५–१३ र केभीकेएसएसले हिमशिलालाई २९–१२ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेएसएसकी खुसी मिटोकले ११ स्कोर जोडे ।
