भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनल

भ्याली पब्लिकको गर्ल्सको दुई र सिनियर ब्वाइजको एक टोली क्वाटरफाइनलमा पुगेका हुन् ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Three Valley Public teams advance to quarterfinals

काठमाडौँ — आयोजक भ्याली पब्लिकको तीन टोली १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।

भ्याली पब्लिकको गर्ल्सको दुई र सिनियर ब्वाइजको एक टोली क्वाटरफाइनलमा पुगेका हुन् ।

घरेलु कोर्टमा गर्ल्सको प्रतिस्पर्धामा भ्याली पब्लिक ‘बी’ ले सत्यसाइलाई २१–२० ले पराजित गर्‍यो । जितमा सानीमाया तामाङले १० स्कोर गरिन् । दृष्य गुरुङको १० स्कोरमा भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई २५–१७ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिलालाई ६७–५० स्कोरले हरायो । विजेताका अशोक विश्वकर्माले ३१ स्कोर गरे । सोही स्पर्धामा बागमतीले स्कोलर्स होमलाई ४९–३८ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो । बागमतीका आर्यन श्रेष्ठले २१ अंक जोडे ।

सिनियर गर्ल्समा त्रिज्योतिले वेदव्यासलाई २५–१६ र बागमतीले एन्जल्स हार्ट नेसनल स्कुललाई १९–११ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । त्रिज्योतिकी प्रिष्ना तामाङले १० र बागमतीकी डिकी शेर्पाले ९ स्कोर जोडे ।

जुनियर ब्वाइजमा भने भ्याली पब्लिक चुक्यो । पारामाउन्ट एकेडेमीले भ्याली पब्लिकमाथि २१–१५ को जित दर्ता गर्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो ।

कान्तिपुर

Link copied successfully