ह्वाइटफिल्डमा तेक्वान्दो च्याम्पियनसिप हुने

युवा प्रतिभा प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले मंसिर २७ मा एक दिने तेक्वान्दो च्याम्पियनसिप गर्न लागेको हो ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Taekwondo Championship to be held in Whitefield

काठमाडौँ — दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने भएको छ ।

युवा प्रतिभा प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले मंसिर २७ मा एक दिने तेक्वान्दो च्याम्पियनसिप गर्न लागेको हो । करिब १५ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा ह्वाइटफिल्डकी भाइस प्रिन्सिपल वर्षा श्रेष्ठले यस्तो प्रतियागिताले विद्यार्थीमा आत्मविश्वास बढाउने र उनीहरूमा भएको क्षमता वृद्धि विकास हुने बताइन् ।

ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा हुने ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले बताए । स्पिड किकमा तीन बेल्ट समूहमा प्रतिस्पर्धा हुनेछ । ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गर्ल्स र ब्वाइजमा कुल ८० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । गर्ल्स र ब्वाइजमा समान १० तौल समूह हुने ह्वाइटफिल्डका राममणि बगालेले बताए ।

ह्वाइटफिल्डले शैक्षिक गतिविधिसँगै खेलकुद, कला र मनोरञ्जनजस्ता विविध क्षेत्रमा विद्यार्थीलाई सहभागी गराइरहेको छ । ग्योरोगीतर्फ चारै विधाका उत्कृष्ट फाइटरले ट्रफी पाउने छ ।

कान्तिपुर

Link copied successfully