लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा बिहीबार फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ स्कोरले पराजित गर्यो । रेडियन्टका सुप्रित लामिछाने र सुगम रानामगरले समान १६ स्कोर गरे ।
काठमाडौँ — रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा बिहीबार फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ स्कोरले पराजित गर्यो । रेडियन्टका सुप्रित लामिछाने र सुगम रानामगरले समान १६ स्कोर गरे ।
सुरुका दुई क्वाटरमा रेडियन्टले १४–११, ९–४ को अग्रता लिएको थियो । तेस्रोमा रेडियन्ट १४–१७ ले पछि पर्यो । चौथोमा रेडियन्टले १९–११ को अग्रता बनाएर जित सुनिश्चित गर्यो ।
काठमाडौं जिल्ला प्याब्सनको आयोजना तथा नगर प्याब्सन तार्केश्वरको संयोजनमा भएको प्रतियोगितामा केभीसी तेस्रो भयो । केभीसीले टीआईएलाई २८–११ ले हरायो । केभीसीकासमर्पण नगरकोटीले ११ स्कोर जोडे । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे ।
रेडियन्टका अमोसन मोक्तान ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । ६० स्कोर गरेका न्युटनका उज्ज्वल श्रेष्ठ सर्वाधिक स्कोरकर्ता चुनिए ।
विजेतालाई केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपाल आचार्य, जिल्ला प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, जिल्ला प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं इसीए विभाग प्रमुख धनबहादुर पुन, नगर प्याब्सन तार्केश्वरका अध्यक्ष गोपाल बुढाथोकीलगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ३६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
