वसन्त गौचन फुटबल एकेडेमीले फुटबल क्याम्प गर्ने

वसन्त गौचन फुटबल एकेडेमीद्वारा आयोजित तीनदिने क्याम्पमा जापानका प्रशिक्षक युता ओगुरा, राजेन्द्र तामाङ र स्थानीय प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Basant Gauchan Football Academy to hold football camp

काठमाडौँ — वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ ।

ललितपुरको लगनखेल स्थित बुद्धि विकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीहरूलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको वसन्त गौचन फुटबल एकेडेमीले जनाएको छ ।

नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आउन लागेका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिने छन् ।

उनीहरूको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित स्थानीय प्रशिक्षकहरू पनि रहने एकेडेमीले जनाएको छ ।

ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन् । उनी जे लिगको क्लब सोनम बेलमेरको ३ वर्ष यू–१३ का प्रशिक्षक थिए ।

ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिँदै आएका छन् । उनी जापानको टोकियोमा अवस्थिति फनरुट्स फुटबल एकेडेमीमा पनि आबद्ध छन् ।

बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई ३ दिने प्रशिक्षण दिने एकेडेमीले जनाएको छ ।

एक समय नेपाली फुटबलका ढुकढुकी रहेका वसन्त गौचनले ३ वर्षअघि आफ्नो नाममा फुटबल एकेडेमी खोल्दै बाल र युवा फुटबल खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएको छ । पछिल्लो साढे दुई दशक देखि गौचन जापानलाई कर्मथलो बनाउँदै विभिन्न फुटबल प्रशिक्षणमा आबद्ध छन् ।

गौचनको पहलमा पछिल्लो दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully