वर्ल्ड बक्सिङ च्याम्पियनसिप : नेपाली बक्सर लालप्रसाद क्वाटरफाइनलमा

नेपाली बक्सर लालप्रसाद उप्रेतीले दुबईमा भइरहेको आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा पुरुष ४८ केजी तौल समूहमा माल्दोभाका बक्सरमाथि युनानिमसका आधारमा जित पाएका हुन् ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

World Boxing Championship: Nepali boxer Lal Prasad in the quarterfinals

काठमाडौँ — नेपाली बक्सर लालप्रसाद उप्रेती दुबईमा भइरहेको आईबीए(इन्टरनेसनल बक्सिङ एसोसिएसन) मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेका छन् ।

उनले पुरुष ४८ केजी तौल समूहमा माल्दोभाका बक्सरमाथि युनानिमसका आधारमा जित पाएका छन् । पहिलो राउन्डदेखि नै आक्रामक सुरुआत गरेका उनले ५ः० मा अग्रतामा सफलता पाए ।

दोस्रो राउन्डमा ४ः१ को अग्रता कायम गरे भने तेस्रो राउन्डमा ५ः० अग्रता कायम राखेर युनानिमस डिसिजनका आधारमा जितसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

यसअघि लालप्रसादले इथियोपियाका अलेमु अबेल अबात्येलाई ५ः० को आधारमा पराजित गदरेका थिए । अब हुने खेलमा उनले विजय हासिल गरेमा कम्तीमा ७५ हजार डलर जित्ने नेपाल बक्सिङ संघले जनाएको छ । आईबीएले विश्व च्याम्पियनसिपमा विजेताले ३ लाख डलर, दोस्रोले १ लाख ७५ हजार र तेस्रो हुने दुई जनाले ७५ हजार डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully