कबड्डीको उपत्यका छनोटमा भक्तपुर मोर्डन सफल

मिडभ्याली स्कुल, थिमिमा आयोजित दुई दिने छनोट प्रतियोगितामा विजेता भएसँगै भक्तपुर मोर्डनले एनकेएल अन्तरस्कुल कबड्डी च्याम्पियनसिपमा स्थान बनाएको छ ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Bhaktapur Modern wins Kabaddi Valley selection

काठमाडौँ — एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपको काठमाडौं उपत्यकाव्यापी छनोटमा भक्तपुर मोर्डन इंग्लिस स्कुल विजेता बनेको छ ।

मोर्डनले पुरानो गुहेश्वरी सेकेन्डरी स्कुललाई ५६–५० स्कोरले पराजित गरेको हो । मिडभ्याली स्कुल, थिमिमा आयोजित दुई दिने छनोट प्रतियोगितामा विजेता भएसँगै भक्तपुर मोर्डनले एनकेएल अन्तरस्कुल कबड्डी च्याम्पियनसिपमा स्थान बनाएको छ ।

आठ स्कुलले प्रतिस्पर्धा गरेकामा मोडर्नले काठमाडौं इन्टरनेसनललाई ६९–१२ ले रसेमिफाइनलमा पनि पवन प्रकृति स्कुललाई ६१–२० ले हराएको थियो ।

पुरानो गुहेश्वरीले पहिलो खेलमा सेक्रेट हार्टलाई ५६–१९ र सेमिफाइनलमा भीमेश्वर एकेडेमीलाई ६२–६० ले पन्छाएको थियो । काठमाडौं इन्टरनेसनल, सेक्रेट हार्टसँगै मिड भ्याली र श्री लुभू सेकेन्डरी पहिलो खेलमा बेहोरेको हारसँगै छनोटबाट बाहिरिएका थिए ।  छनोटमा पुरानो गुहेश्वरीका जुम्ल्याहा राम रानामगर र लक्ष्मण रानामगरले बेस्ट रेइडर र बेस्ट डिफेन्डरको अवार्ड प्राप्त गरे ।

केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले देशमा कबड्डी खेलाडी उत्पादन र विकास गर्ने उद्देश्यले आयोजित एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपमा काठमाडौं उपत्यकासँगै क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा हुने छनोटका विजेता गरी कुल ६ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप एनकेएल सिजन २ कै अवसरमा सञ्चालन गरिने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully