सोमबार सम्पन्न फाइनलमा रेड डेभिल्स फुटबल क्लब इलामलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै आयोजक क्लबले उपाधि जितेको हो।
ताप्लेजुङ — चासोक तङनामको अवसरमा मिक्वाखोला गाउँपालिका–४, थलङमा आयोजित क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक थलङ स्पोर्टिङ क्लबले जितेको छ।
सोमबार सम्पन्न फाइनलमा रेड डेभिल्स फुटबल क्लब इलामलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै आयोजक क्लबले उपाधि जितेको हो। निर्धारित समयसम्म दुवै टिमले एक–एक गोल गरेको हुँदा विजेताको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।
विजेताले १ लाख ५२ हजार र उपविजेता रेड डेभिल्सले १ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये इलामका निसम दनुवार प्रतियोगिताको बेष्ट डिफेन्डर घोषित भए भने थलङका सुन्योजित यक्सो बेस्ट डिफेन्डर, पवन लिम्बू बेस्ट प्लेयर र इलामका शेखर राई हाइ स्कोरर बने। उनीहरूले पाँच–पाँच हजारसहित ट्रफी प्राप्त गरे। प्रतियोगिता मंसिर १८ मा सुरु भएको थियो ।
