पहिलो खेलमा अभिषेक पराजित

नेपाली प्रो टेनिस खेलाडी अभिषेक बास्तोला भियतनाममा भइरहेको यूटीआर प्रो टेनिस टुरअन्तर्गत फान थिएट टेनिस च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएका हुन् ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Abhishek lost in the first match

काठमाडौँ — नेपाली प्रो टेनिस खेलाडी अभिषेक बास्तोला भियतनाममा भइरहेको यूटीआर प्रो टेनिस टुरअन्तर्गत फान थिएट टेनिस च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएका छन् ।

उनी पहिलो खेलमा आयोजक भियतनामका फाम ला होआङ आनसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भए । उनले २–१ को सेटमा खेल गुमाएका थिए । समूह ‘बी’ रहेका अभिषेकले पहिलो सेट ७–६ (८–६) ले टाइब्रेकरमा गुमाए पनि दोस्रो सेटमा पुनरागमन गर्दै ६–४ सेट जितेर खेल बराबरी गरेका थिए । अन्तिम तथा निणायक सेट उनले ६–४ ले गुमाए ।

पीटीटी वरीयताका आधारमा अभिषेकले यस च्याम्पियनसिप खेल्न अवसर पाएका हुन् । समूह ‘बी’ मा उनीसहित ५ खेलाडी रहेका छन् । राउन्ड रोबिनका आधारमा उनीहरूले एकअर्काविरुद्ध खेल्नेछन् । उनले अब भारतका आर्यन लक्ष्मण, चेक गणतन्त्रका डोमिनिक पलान र भारतकै राघवसँग खेल्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully