विश्वकप २०२६ : कुन देश कुन समूहमा ?

पहिलो पटक अबको विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भइसकेको छ । बाँकी छ टिमका लागि प्ले अफ खेल हुनेछन् ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

World Cup 2026: Which country is in which group?

काठमाडौँ — अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप २०२६ को शुक्रबार ‘ड्र’ निकालिएको छ र त्यस अनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएका छन् । फ्रान्स भने कठिन समूहमा परेको छ ।

पछिल्लो विश्वकपको विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्धका खेलसँगै प्रतियोगिताको सुरुआत गर्नेछ । पहिलो पटक अबको विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भइसकेको छ । बाँकी छ टिमका लागि प्ले अफ खेल हुनेछन् ।

सहभागी टिमको समूह विभाजन यस प्रकार रहेको छ ।

समूह ‘ए’

मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता

समूह ‘बी’

क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड

समूह ‘सी’

ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड

समूह ‘डी’

अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता

समूह ‘ई’

जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर

समूह ‘एफ’

नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया

समूह ‘जी’

बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड

समूह ‘एच’

स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे

समूह ‘आई’

फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे

समूह ‘जे’

अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन

समूह ‘के’

पोर्चुगल, प्ले अफ  फिफा –वान, उज्वेकिस्तान र कोलम्बिया

समूह ‘एल’

इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

कान्तिपुर

Link copied successfully