बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा भ्याली पब्लिकको कोर्टमा शनिबार जुनियर ब्वाइजमा तेजस्वीले हिमशीलालाई २४–१९ र पारामाउन्टले बिएमसिएलाई २१–१५ स्कोरले हराए ।
काठमाडौँ — तेजस्वी र पारामाउन्टले १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार विजयी भएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा भ्याली पब्लिकको कोर्टमा शनिबार जुनियर ब्वाइजमा तेजस्वीले हिमशीलालाई २४–१९ र पारामाउन्टले बिएमसिएलाई २१–१५ स्कोरले हराए । पारामाउन्टका सविन तामाङले सर्वाधिक ७ स्कोर जोडे । अर्को खेलमा भने पारामाउन्टले न्युटनसँग ३६–२६ ले पराजित भयो । न्युटनका युनिक कार्कीले १२ स्कोर बटुले । हिमशीलाले अर्को खेलमा हार बेहोर्यो । ओडिसीसँग हिमशीला २४–१८ ले पराजित हुन पुग्यो । ओडिसीका सोहन तामाङले ११ स्कोर गरे । सोही विधामा एन्जर्ल्स हार्टले भ्याली पब्लिकलाई ३०–२० ले हरायो । एन्जल्स हार्टका लागि अक्ष घलले सर्वाधिक ११ स्कोर बटुले ।
जुनियर ब्वाइजमा नै विवेक घिमिरेको ११ अंकमा एलएनएले न्युटनलाई २९–२१ ले हरायो । भद्रकालीले राजन मेमोरियललाई १६–११ ले हराउँदा देवान्स गिरीले ६ स्कोरको योगदान दिए । सिनियर ब्वाइजमा बोधिसदनले रोजम्यारीलाई ३१–२१ ले हरायो । बोधिसदनका सोहन खड्काले ८ स्कोर बटुले ।
सिनियर ब्वाइजमा भद्रकालीले बेलमन्टलाई ३२–२२ ले हरायो । सिनियर गर्ल्समा जेबीले बेलमाउन्ट २३–१५, केभिकेएसएसले टिआईएलाई १६–११, न्युटनले ह्वाइट माउन्टेनलाई २८–१८, विद्या विकासले मन्जरीलाई ४१–२५ र ल्यान्डमार्कले ईबीएलाई १९–१७ स्कोरले हराए ।
प्रतियोगिता मंसिर २९ सम्म चल्नेछ । सिनियर ब्वाइजमा २९ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
