नेपाल निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा शनिबार उक्त दौड आयोजना गरेको हो ।
What you should know
काठमाडौँ — त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिबार आयोजित एफक्यान रोड रेसको १० किलोमिटर दौड जितेका छन् ।
आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो र एपीएफका तायाहाङ राई तेस्रो भए । पहिलोले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार पुरस्कार पाए । महिला खुला १० किलोमिटरतर्फ आर्मीकै पूर्णलक्ष्मी न्यौपाने पहिलो भइन् । आर्मीका निशा सार्की र राज्यलक्ष्मी रावल दोस्रो र तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।
नेपाल निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा शनिबार उक्त दौड आयोजना गरेको हो ।
५ किमि कर्पोरेटतर्फ पुरुषमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ तथा महिलामा सोनु घतानी, नगिना महर्जन र रेजिना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । दुवैतर्फ विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोले ४ हजार जितेका छन् ।
५ किमि भेट्रान्सतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिला भेट्रान्सतर्फ कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । दुवैतर्फ पहिलोले १० हजार, दोस्रो ६ हजार र तेस्रोले ४ हजार जितेका छन् । ५ किमि विद्यालयतर्फ छात्रमा हस्तबहादुर सुनार, अजय बिके र रञ्जित राउत तथा छात्रामा भगवती खड्का, शर्मिला बिके र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस विधा छात्र र छात्राले पनि क्रमशः १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।
महासंघ सचिवालयबाट सुरु भएको दौड बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय फर्केर टुंगिएको थियो । प्रतियोगिताका संयोजक शिवहरि घिमिरेले एफक्यान रोड रोसमा जापान, चीन र इटालीका खेलाडीसहित गरी ४ सय ७१ जनाको सहभागिता रहेको बताए । हिमालय रनिङ क्लब टेक्निकल पार्टनर रहेको एफक्यान रोड रेसमा एभरेस्ट अस्पताल हस्पिटल पाटर्नर र हिमालय एभरेस्ट इन्स्युरेन्स कम्पनी इन्स्योरेन्स पार्टनर रहेको संघले जनाएको छ ।
