ताप्लेजुङमा सञ्चालनमा आयो ‘कुलकर्ण फुटसल’

यहाँ भलिबल, ब्याडमिन्टन, टेबलटेनिस लगायतका प्रतियोगिता पनि सञ्चालन हुनेछन् ।

मंसिर २०, २०८२

आनन्द गौतम

'Kulkarna Futsal' launched in Taplejung

ताप्लेजुङ — सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडा क्षेत्रमा निर्माण गरिएको फुटसल मैदान सञ्चालनमा आएको छ । बाजे कुलबहादुर मादेन र बोजु कर्णमाया मादेनको स्मृतिमा नातिहरू टीका, जगत र पनाति नयन मादेनले निर्माण गरेका हुन् ।

जिल्लाकै पहिलो फुटसल मैदानको नाम बाजेबोजुससँग जोडेर  ‘कुलकर्ण फुटसल’ राखिएको छ । छोरा दुर्गाप्रसादले यसको उद्घाटन गरे ।

३० मिटर लम्बाइ १८ मिटर चौडाइ र २९ फुट उचाइको संरचना निर्माणमा १ करोड ५० लाख खर्च भइसकेको जगतले जानकारी दिए । निर्माणाधीन क्षेत्रमा १० रोपनी जमिन रहेको छ ।

बिहान ५ देखि बेलुका १० बजेसम्म यहाँ खेल सञ्चालन हुनेछ । भलिबल, फुटबल, ब्याडमिन्टन, टेबलटेनिस लगायतका प्रतियोगिता र संरचना भएको फुटसल जिल्लामा पहिलोपटक सञ्चालनमा ल्याइएको हो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully