जनकपुरले दिएको १३३ रनको लक्ष्य भेटे लुम्बिनी प्लेअफमा

डिफेन्डिङ च्याम्पियन जनकपुरले त्रिवि मैदानमा अपेक्षाअनुसार स्कोर बनाउन नसक्दा प्रतियोगितामा टिकिरहन थप दबाब सामना गर्नुपरेको छ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Lumbini meets Janakpur's target of 133 runs in the playoffs

काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को शुक्रबारको खेलमा लुम्बिनी लायन्ससमक्ष १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १ सय ३२ रन बनाएको हो।

प्रतियोगितामा आफ्नो चुनौती कायम राख्न डिफेन्डिङ च्याम्पियन जनकपुरसमक्ष यो खेल जित्नुपर्ने दबाब रहेको छ। त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले अपेक्षाअनुसार स्कोर भने खडा गर्न सकेन।

उसका लागि सबैभन्दा ठूलो व्यक्तिगत स्कोर नै संगीथ कुरेले बनाएको ४५ रन रह्यो। ओपनर माज सदाकतले छ रन मात्रै बनाए। अर्को ओपनर आसिफ सेखले भने १७ बलमा २० रन जोडे।

अनिल साहले पनि सात रनभन्दा बढी बनाउन सकेनन्। शुभ कंसाकार पनि ११ रनमै आउट भए। सञ्जय कृष्णमूर्तिको ब्याटबाट १४ रन मात्रै सम्भव भयो। मयन यादवले २७ रनको योगदान गरे।

लुम्बिनीका बलरमध्ये शेर मल्लले २० रनमा दुई विकेट लिए। यस्तै कप्तान रोहित पौडेलले पनि १५ रनमा दुई विकेट हात पारे।

कान्तिपुर संवाददाता

Link copied successfully