गाईघाट युनाइटेड गछिया गोल्डकपको फाइनलमा

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गाईघाट युनाइटेडले सहलेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

मंसिर १९, २०८२

अर्जुन सुवेदी

Gaighat United in the final of the Gachhia Gold Cup

सुनसरी — सहलेस फुटबल क्लब सिरहामाथि कठिन जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

मोरङको सुन्दरहरैचास्थित गछिया बजार खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गाईघाट युनाइटेडले सहलेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै उपाधि नजिक पुगेको हो । उदयपुरे टिम गाईघाटलाई फाइनल यात्रा तय गराउन सुनिल खड्काले थ्री किकमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको ६९ औं मिनेटमा पाएको थ्री किकलाई उत्कृष्ट ढंगले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गाइघाटका विनोद राई घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पारे । 

गाईघाटले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको अन्तिम सेमिफाइनल विजेतासँग सोमबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अर्जुन

Link copied successfully