सुमित मिसन २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।
काठमाडौँ — नेपाल पुलिस क्लबका सुमित विष्टले १३ औं कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार पुरुष ५८ केजीमुनि तौल समूहमा उनले आर्मीका विकास राईलाई हराएर स्वर्ण जिते ।
सुमित मिसन २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । एपीएफ क्लबका रुपेश तामाङ र एप्सुलुट तेक्वान्दो डोजाङका सुजन गुरुङले कांस्य पदक जिते ।
सिनियर महिला ४६ केजीमुनि तौलमा एपीएफकी अञ्जलीकुमारी साउदले फाइनलमा आर्मीकी सन्तोषी राईलाई पराजित स्वर्ण जितिन् । पुलिसकी प्रकृति पाली र बरहथवा डोजाङकी जस्मिन गुरुङले कांस्य जिते । जुनियर पुरुष ४८ केजीमुनि आइतराम डोजाङका निशान प्याकुरेलले स्वर्ण र कञ्चनपुरका समिर कुँवरले रजत, महिला ४९ केजीमुनि सुनसरीको राजदेवी डोजाङकी रिसिका भुजेलले स्वर्ण र लायन्स मार्सल आर्ट्सकी सोनिया तामाङले रजत तथा छात्र २९ केजीमुनि तौलमा स्वस्तिक डोजाङका प्रसिद्ध तामाङले स्वर्ण र श्री सिद्धार्थ डोजाङका रोचक पुडासैनीले रजत जितेका थिए ।
