१९ औं पब्लिक बास्केटबल शुक्रबारदेखि

भ्याली पब्लिक हाइस्कुलको आयोजनामा बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा मंसिर २९ सम्म चल्ने प्रतियोगिता सिनियर ब्वाइज, गर्ल्स र जुनियर ब्वाइज गरी तीन विधामा चल्नेछ ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

19th Public Basketball from Friday

काठमाडौँ — तीन विधामा प्रतिस्पर्धामा हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९ औं संस्करण शुक्रबार  सुरु हुनेछ ।

भ्याली पब्लिक हाइस्कुलको आयोजनामा बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा मंसिर २९ सम्म चल्ने प्रतियोगिता सिनियर ब्वाइज, गर्ल्स र जुनियर ब्वाइज गरी तीन विधामा चल्नेछ ।

बिहीबार भ्याली पब्लिकका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताबारे जानकारी गराउँदै सिनियर ब्वाइजमा २९ तथा गर्ल्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

खेल लिगकम नकआउटको आधारमा हुनेछ । तीन विधामा टोलीलाई ८ समूहमा विभाजन गरिएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले बताए । तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । मोस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री प्वाइन्टर र सर्वाधिक स्कोरकर्ताले ट्रफी पाउने छन् ।

सिनियर ब्वाइज र सिनियर गर्ल्समा क्रमशः ग्रिनल्यान्ड र भ्याली पब्लिक हाइस्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले जितेको थियो ।

२०६१ सालमा सुरु भएको प्रतियोगिता कोरोना महामारीका बेलाबाहेक नियमित रूपमा आयोजना हुँदै आएको विद्यालयका प्रशासन प्रमुख महेश अधिकारीले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully