जिम्न्यास्टिक प्रशिक्षक दर्शनधारीको निधन

जिम्न्यास्टिक खेलकी वरिष्ठ प्रशिक्षक दर्शनधारी केही वर्षयता क्यान्सर रोगको उपचार गराइरहेकी थिइन् ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Gymnastics coach Darshandhari passes away

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्‍मा कार्यरत प्रशिक्षक निरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ । जिम्न्यास्टिक खेलकी वरिष्ठ प्रशिक्षक दर्शनधारी केही वर्षयता क्यान्सर रोगको उपचार गराइरहेकी थिइन् ।

मंगलबार साँझ उनको निधन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रशिक्षक दर्शनधारीको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समिति सदस्य कमलबहादुर भट्टराईले परिषद्को झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

परिषद् हातामा बुधबार आयोजित शोक सभामा प्रशिक्षक दर्शनधारीप्रति प्रशिक्षक, खेलाडी र कर्मचारीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । दर्शनधारी २०५२ भदौदेखि परिषद्‍मा जिम्न्यास्टिक प्रशिक्षकमा कार्यरत थिइन् । उनको परिवारमा श्रीमान् मात्र छन् ।

कान्तिपुर

Link copied successfully