क्लबस्तरीय भलिबल हुने

जिल्ला भलिबल संघ पाल्पाको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Club level volleyball will be held.

पाल्पा — पाल्पाको रामपुर नगरपालिकास्थित भम्बकमा क्लबस्तरीय आमन्त्रित भलिबल प्रतियोगिता यही मंसिर १६ गतेदेखि हुने भएको छ । भम्बक युनाइटेड युथ क्लबले दोस्रो पटक प्रतियोगिता गर्न लागेको हो ।

तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । युवालाई खेलकुदप्रति आकर्षित गर्दै भलिबलको उत्थान एवं नयाँ खेलाडी उत्पादन गर्न आयोजित प्रतियोगिता मंसिर २० सम्म चल्नेछ । प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पा, सशस्त्र प्रहरी बल (एपीएफ) कास्की, आयोजक भम्बक युनाइटेड युथ, जिल्ला भलिबल संघ नवलपुर, होराइजन भलिबल क्लब रूपन्देही, मणिमुकुन्द भलिबल क्लब रूपन्देही, जिल्ला भलिबल संघ स्याङ्जाको सहभागिता रहने संयोजक अनुप मल्लले बताए । रामपुर नगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिता विजेताले २ लाख नगद पुरस्कार जित्नेछ । दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना टिमलाई ३० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीले १० हजार पाउनेछ । उत्कृष्ट स्पाइकर, लिबरो, सेटर, सर्भर, मिडब्लकरलाई ५–५ हजार पुरस्कार व्यवस्था गरिएको क्लबका अध्यक्ष बालकृष्ण कुमालले बताए । 

एउटा टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलिसकेका तीन खेलाडीलाई सहभागिता गराउन सक्नेछ । जिल्ला भलिबल संघ पाल्पाको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, नगर खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

कान्तिपुर

Link copied successfully