एनपीएलको दोस्रो सिजनका लागि उनी विराटनगर किंग्समा आबद्ध भएका छन् ।
काठमाडौँ — दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिस एनपीएल खेल्न नेपाल आइपुगेका छन् । एनपीएलको दोस्रो सिजनका लागि उनी विराटनगर किंग्समा आबद्ध भएका हुन् ।
यद्यपि आबुधाबी टी-१० का कारण उनी ढिला गरी एनपीएल खेल्न आएका हुन् । विराटनगर किंग्सले समूह चरणका ५ खेल खेल खेलिसकेको छ । अब समूह चरणका २ खेल मा खेल्न बाँकी छ ।
डु प्लेसिसले सन् २०११ मा भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र २०१२ मा अस्टेलियाविरुद्ध टेस्टमा ‘डेब्यु’ गरेका थिए । दुवैमा अर्धशतक बनाएका थिए । उनले ६९ टेस्टमा ४ हजारभन्दा बढी रन र १ सय ४३ एकदिवसीय अन्तर्राष्ट्रियमा ५ हजार ५ सयभन्दा बढी रन बनाइसकेका छन् । साथै उनले ५० ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५ सयभन्दा बढी रन बनाएका छन् ।
उनको व्यवस्ता ग्लोबल फ्रेन्चाइज प्रतियोगितामा अझ बढी छ । उनले विश्वभरका लगभग सबै फ्रेन्चाइज लिग खेल्दै आएका छन् । उनले २०१८ र २०२१ मा चेन्नई सुपर किंग्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेका थिए ।
