१३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप सुरु

१३औं सागका कांस्य विजेता प्रेमले व्यक्तिगत पुम्सेको पुरुष ४० वर्षमुनि स्वर्ण जितेका हुन् ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

13th Korean Ambassador Taekwondo Championship begins

काठमाडौँ — नेपाल पुलिस क्लबका प्रेमबहादुर लिम्बूले १३ औं कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । १३औं सागका कांस्य विजेता प्रेमले व्यक्तिगत पुम्सेको पुरुष ४० वर्षमुनि स्वर्ण जितेका हुन् ।

त्रिभुवन आर्मी क्लबका रेजिन रिमाल दोस्रो र अल्फा तेक्वान्दो डोजाङ दाङका दामोदर शर्माले कांस्य जिते । सोही उमेर समूहको महिला एकल पुम्सेतर्फ एपीएफ क्लबकी प्रतिभा भिस्टाले आर्मीकी सविना भट्टराईलाई पछाडि पार्दै स्वर्ण जितिन् ।

व्यक्तिगत पुम्सेको छात्र १०–१२ वर्ष उमेर समूहमा सुनसरीको चन्द्रमा डोजाङका प्रकाश श्रेष्ठले स्वर्ण जिते । बालाजु डोजाङका रावल पण्डित दोस्रो, स्वयम्भू डोजाङका रोजकुमार तामाङ र स्वस्तिक डोजाङका सुमन तामाङले कांस्य जिते ।

मंसिर २० सम्म ललितपुर सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुने प्रतियोगिताको पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कोरियाली दूतावासले नेपाल तेक्वान्दो संघलाई तेक्वान्दोलाई विभिन्न खेल सामग्री प्रदान गरेको थियो राजदूत योङले संघका अध्यक्ष दीपराज गुरुङलाई सामग्री हस्तान्तरण गरे ।

च्याम्पियनसिपका तीनै विधामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका गरी १ हजार ५ सय ३० खेलाडीको सहभागिता छ ।

कान्तिपुर संवाददाता

Link copied successfully