नेपालसँग मलेसिया ५१ रनमै अलआउट

यूएईको अजमानमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई केवल १७.२ ओभरमा ५१ रनमा रोक्यो ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Malaysia all out for 51 against Nepal

काठमाडौँ — ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ५१ रनमै अलआउट गरेको छ ।

यूएईमा भइरहेको प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया अजमानस्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा केवल १७.२ ओभर खेली ५१ रनमा धराशायी भएको हो ।

नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ र चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए । अपराजित पौडेल कप्तान अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए ।

मलेसियाबाट नवौँ नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । मलेसिया आठौँ ओभरमा १३ रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा यी दुईले इनिङ्सलाई केही लम्बाएका थिए ।

साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully