काठमाडौं जेभियर्स, हेम्स र केईएस च्याम्पियन

जुनियरको फाइनलमा केईएसले सनसाइनलाई २१–१० स्कोरले पराजित गर्‍यो । आयुश तिमल्सिनाले ११ स्कोर जोडे ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Xaviers, HEMS and KES champions

काठमाडौँ — केईएस, काठमाडौं जेभियर्स र हेम्स शनिबार १४ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा विजेता भएका छन् । केईएस जुनियर ब्वाइज, काठमाडौं जेयिभर्स सिनियर गर्ल्स र हेम्स सिनियर ब्वाइजमा च्याम्पियन भए ।

जुनियरको फाइनलमा केईएसले सनसाइनलाई २१–१० स्कोरले पराजित गर्‍यो । आयुश तिमल्सिनाले ११ स्कोर जोडे ।

गर्ल्सको फाइनलमा काठमाडौं जेभियर्सले केईएसलाई २६–२५ को साँघुरो अन्तरले हरायो । सुहानी बानियाँले १९ स्कोर गरिन् ।

हेम्सले मार्वलसलाई ४४–३१ ले हराएर सिनियर ब्वाइजको उपाधि जित्यो । विजेताका आयुश रावल र आशुतोष यादवले १४–१४ स्कोर गरे ।

जुनियर ब्वाइजमा केईएसका विपुल भुजेल, सिनियरमा हेम्सका आशुतोष यादव र गर्ल्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए ।

जुनियर ब्वाइजमा सनसाइनका जेनिश जोलाङ्गेल, सिनियरमा मार्वलसका रोशन कुशवाह र गर्ल्समा केइएसकी तमन्ना थापा सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, आयोजक मध्यक्षेत्रीय प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बालगायतले पुरस्कृत गरे 

कान्तिपुर

Link copied successfully