च्याम्पियनसिपका लागि नेपाली बक्सिङ टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा ५ खेलाडी र तीन प्रशिक्षक रहेका छन् ।
काठमाडौँ — नेपाली पाँच बक्सिङ खेलाडीले यूएईमा डिसेम्बर ३ देखि १४ सम्म हुने पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभािगता जनाउने भएका छन् ।
च्याम्पियनसिपका लागि नेपाली बक्सिङ टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा ५ खेलाडी र तीन प्रशिक्षक रहेका छन् ।
खेलाडीमा ४८ केजी तौल समूहका लालप्रसाद उप्रेती, ५१ केजीका फुङलाङ काम्बाङ, ५४ केजीका चन्द्रबहादुर थापा, ६० केजीका खगेन्द्र रोकामगर र ८० केजीका दीपक श्रेष्ठ रहेका छन् ।
प्रशिक्षकमा प्रकाश थापामगर, दीपक महर्जन र सुजित थापा मगर छन् ।
दुबईमा हुने प्रतियोगितामा १ सय २० देशका ६ सय खेलाडीले भाग लिने छन् । १३ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । आईबीएले यसपल्ट पुरस्कार राशिमा वृद्धि गरी विजेताले ३ लाख डलर, दोस्रोले १ लाख ७५ हजार डलर, तेस्रो हुने दुईले ७५ हजार डलर पुरस्कार पाउनेछन् । त्यस्तै चौथो र पाँचौं स्थानमा रहने समान १० हजार डलर प्राप्त गर्ने नेपाल बक्सिङ संघले जनाएको छ ।
